चर्च ब्वाइज युनाइटेडले जित्यो ए डिभिजन लिग

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले यस सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज क्लब थ्रीस्टार क्लबसँग बराबरीमा रोकिएसँगै एक अंक हासिल गरेर यस सिजनको लिगको उपाधि जितेको हो ।

यो खेलमा चर्च ब्वाइज र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका थिए ।

यो बराबरीपछि चर्च ब्वाइजको २५ खेलमा ४५ अंक भएको छ र एक खेल अघि लिगको उपाधि जितेको हो ।

हाल दोस्रो स्थानमा रहेको मछिन्द्रले बाँकी दुवै खेल जितेपनि अब चर्च ब्वाइज शिर्ष स्थानमा रहने भएपछि चर्चब्वाइजको लिग जित निश्चित भएको हो ।

त्यस्तै थ्री स्टारको भने यस खेलपछि २५ खेलमा २९ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस