स्ट्याण्डर्ड चार्टर्डद्वारा ‘ब्लकचेन नलेज सेयरिङ सेसन’

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकका लागि ‘ब्लकचेन नलेज सेयरिङ सेसन’ आयोजना गरेको छ । डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा डिस्ट्रिब्युसन लेजर टेक्नोलोजी (डिएलटी), यसको प्रयोग र यसले वर्तमान प्रणालीमा देखिने समस्या हटाई ट्रेड फाइनान्समा पुग्ने सहयोगका विषयमा छलफल भएको थियो । डिएलटीले विश्व व्यापारलाई उच्च संगठित सञ्जालमा रूपान्तरण गर्दै दक्षता सुधार गर्न र ट्रेड फाइनान्सिङमा लागत घटाउन सहयोग पुर्‍याउँदै आएको बताइएको छ ।

यस्ता कार्यक्रमले नेपालका लागि डिएलटीको सम्भावित लाभ विचार गर्न सहयोग पुग्ने र देशको व्यापार प्रवाह सुधारमा योगदान पुर्‍याउन सक्ने बैंकले जनाएको छ । कन्टुर लिडिङ ट्रेड बैंकहरू र उद्योग साझेदारद्वारा विश्व व्यापारमा लामो समयदेखि देखिएका समस्या समाधान गर्न गठित संस्था हो । जसले विश्वका बैंक, कर्पोरेट र लजिस्टिक्स पार्टनर्सलाई रियल टाइममा कमन डिजिटल र ट्रस्टेड नेटवर्कमा सँगै ल्याउन डिसेन्ट्रलाइज्ड टेक्नोलोजी प्रयोग गरी लेटर्स अफ क्रेडिट जस्ता ट्रेड फाइनान्स प्रोडक्ट्स ट्रान्सफर्म गर्छ ।

कार्यक्रममा कन्टुरका चिफ प्रोडक्ट अफिसर जोशुआ क्रोकरले कन्टुरको मल्टी–बैंक प्लेटफर्मले डिएलटीलाई आयात तथा निर्यात एलसी कारोबारका लागि ग्राहकले लिन सक्ने फाइदाबारे जानकारी गराउनुभएको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सिइओ अनिर्वाण घोष दस्तीदारले स्ट्याण्डर्ड चार्टर्ड बैंक ट्रेड फाइनान्ससहित ब्लकचेनका विभिन्न प्रयोग कार्यान्वयन गर्ने विश्वको अग्रणी बैंकमध्ये एक रहेको भन्दै नेपालमा पनि यस पहलको नेतृत्व गर्न पाउँदा खुसी लागेको बताउनुभयो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गोविन्दप्रसाद नागिलाले निकै उपयोगी कार्यक्रम आयोजना गरेको भन्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक र कन्टुरको प्रशंसा गर्नुभएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस