news

आज बुद्ध जयन्ती मनाइँदै

आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात आजभन्दा करीब दुई हजार ६ सय वर्ष अघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । ६ वर्षको तपस्यापछि …

पुरा पढ्नुहॊस »

बेपत्तासम्बन्धी विधेयक दुई वर्षदेखि अलपत्र

गाेविन्द लुइँटेल काठमाडौं  । व्यक्ति बेपत्ता पार्ने कार्यलाई अपराध ठहर्‍याउँदै दोषीलाई सजायको दायरामा ल्याउन बनाइएको ‘व्यक्ति बेपत्ता पार्ने कार्य (कसुर र सजाय) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दुई वर्षयता अलपत्र छ। विधेयक ऐनका रूपमा नआउँदा बेपत्ताको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समस्या भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका आयुक्त विष्णु पाठकले बताए। ०७२ माघमा आयोगले विधेयकको मस्यौदा तयार गरी शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बुझाएको थियो। शान्ति मन्त्रालयबाट मस्यौदा कानुन …

पुरा पढ्नुहॊस »

९ महिनामा प्राइम लाइफको नाफा १४ करोड ३१ लाख

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गएकाे चैतसम्म कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ खुदनाफा अार्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १० करोड ७४ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष प्राइमको नाफा ४ करोड रुपैयाँ बढेको आइतबार सार्वजनिक गरेको वित्तीय विवरणले देखिएकाे छ । समीक्षा अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ आम्दानी …

पुरा पढ्नुहॊस »

सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद निष्कासन बैंशाख ३१ गतेदेिख

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंशाख ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने वताएको छ । कम्पनीले चुक्तापुँजी बढाउन २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । साे कम्पनीले १० बराबर ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन बन्द असार ३ गते हुने छ भने हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर १ अर्ब १ करोड …

पुरा पढ्नुहॊस »

नेपाल सेवा लघुवित्तको आईपीओ निष्कासन अन्तिम दिन आजसम्म

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारदेखि बन्द हुने वतार्इएकाे छ । सर्वसाधारणबाट माग गरेको भन्दा बढीकोका खरिद आवेदन परेपछि निष्कासन आइतबारसम्म हुने संस्थाले जानकारी दिएकाे छ ।

पुरा पढ्नुहॊस »

राप्ती हाइड्रोले जेठ १ देखि ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । साे कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको ८ लाख २१ हजार ७३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ १ गतेदेखि खुला भई असोज ४ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले ५ मेगावाटको रुकमगाड जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नाफा १ अर्ब ७८ करोड

काठमाडौं ।  कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले चालु आव ९ महिनामा नाफा बढाएर १ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो ।बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा निष्क्रिय कर्जा घटेर ३.४९, निक्षेप लागत ७.१५, प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.१३, आधार ब्याजदर १२.७२, ब्याजदर अन्तर ५.६१ प्रतिशत रहेको बैंकले …

पुरा पढ्नुहॊस »

नेपालबाट छानिए उपेन्द्र पौड्याल ग्लोबल अलाएन्स फर बैकिङको प्रतिनिधिमा

काठमाडौं । ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिमा बैंकर उपेन्द्र पौड्याल चयन भएका छन् । संस्थाले उनलाई  एशिया प्रशान्त क्षेत्रको प्रतिनिधिको रुपमा छनोट गरेको हो । नेपाल बैकर्स संघका पूर्व अध्यक्ष पौड्याल हाल नबिल बैंकको संचालक समिति सदस्य छन् । बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पौड्याल बरिष्ठ बैंकरको रुपमा चिनिन्छन् । पौड्यालकै नेतृत्वमा गत वर्ष नेपालमा ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको सम्मेलन भएको थियो। त्यतिबेला उनी नेपाल …

पुरा पढ्नुहॊस »

नेप्सकाे सिईओमा प्रविनप्रकाश नियुक्त

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स)को प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा प्रविनप्रकाश क्षेत्री नियुक्त भएका छन् । बैंंकिङ सुचना तथा प्रविधिको क्षेत्रमा ३० वर्ष भन्दा बढि कार्य अनुभव हासिल गरेका क्षेत्री यस अघि बैंक अफ काठमाण्डू लिमिटेडमा नायव महाप्रवन्धकको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंक लिमिटेडमा समेत विभिन्न पदमा रही जिम्मेवारी बहन गरी सकेका छन् ।१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंक र आइएमई लाइफबीच सम्झौता

काठमाडौंं। सेञ्चुरी कमर्सियल बैंक र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायतका बीमा सेवा प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आइएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गर्नुभएको छ । बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका …

पुरा पढ्नुहॊस »