९ महिनामा प्राइम लाइफको नाफा १४ करोड ३१ लाख

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गएकाे चैतसम्म कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ खुदनाफा अार्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १० करोड ७४ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष प्राइमको नाफा ४ करोड रुपैयाँ बढेको आइतबार सार्वजनिक गरेको वित्तीय विवरणले देखिएकाे छ । समीक्षा अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । जगेडा कोषको आकार बढेर ९४ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको ९ महिनामा १ अर्ब ५८ करोड रुपैयाँ जीवन बीमा शुल्क आर्जन गरेको छ भने  हालसम्म ११ अर्ब ४० करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको बै‌ंकले जनाएको छ । कम्पनीले बोनसदर न्युनतम ३५ देखि ७५ रुपैयाँ दिने घोषणा गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री