स्वर्ण पदक विजेता महिला खेलाडीमाथि नेपालगञ्जमा प्रशिक्षक गगन पुनद्वारा बोत्तल प्रहार र दुर्व्यवहार(भिडियो)

नेपालगंज । नेपालगंजमा हालै सम्पन्न भएको दसौ प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुकी  स्वर्ण पदक करांते खेलाडी सविना वुढा मगर माथी वोतल प्रहार भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको व्यवस्थापन तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा मध्यपश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीद्धारा आयोजित ५ नम्बर प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कराते खेलकी खेलाडी सविना माथी वोतल प्रहार भएको हो ।

४० केजी उमेर समुहकी खेलाडी सविना माथी खेल चलीरहेको अवश्थामा दाङका प्रशिक्षक गगन पुनले वोतल प्रहार गरेको वताईएको छ । आफ्नो खेलाडी हार्दै गरेको अवस्थामा सविनाको मनोबल  गिराउन यस्तो गरिएको हुन् सक्ने अन्य खेलाडीले अनुमान गरेका छन् ।   

बुद्धशक्ति करांते डोजो चन्द्रौटामा आवद्ध खेलाडी सविना माथी भएको वतल प्रहारको घटनाले आफुहरु स्तव्ध वनेको कल्वका प्रशिक्षक नवराज पौडेलले बताएका छन । अनुशासित खेलमा पनि असव्य व्यहवार देखाउंदै खेलाडी लाई बोतलले हान्नु ,म्याट तान्नु जस्ता क्रीयाकलाप देखाउनु खेल नियम विपरीत भएको प्रशिक्षक पौडेलले वताउनुभएको छ ।

खेलाडी सविना माथी भएको घटनाप्रति खेद व्यक्त गर्दै जिल्ला खेलकुद विकास समीती कपिलवस्तुका कार्यलय प्रमुख मिनप्रसाद पोखरेलले वोतल प्रहार गर्ने माथी कारवार्ही दायरामा ल्याउन पहल गर्ने वताउनुभएको छ । सविना गत माघमा काठमाण्डौमा भएको अन्तराष्टिय करांते प्रतियोगीताकी स्वर्ण पदक विजेता समेत हुन । यसरि राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महिला खेलाडी माथी वोतल प्रहार गरि दुर्व्यवहार गर्नेलाइ खेलकुद मन्त्रालयले कारबाही गर्ला त भनेर खेलाडी प्रश्न गर्दै छन् ।

हेर्नुहोस भिडीयो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री