ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा १०० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा एक सय वटा पुगेको छ । सोमबार सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जरमा सेवा सुरु गरेसँगै बैंकको शाखारहित बैंकिङ्ग १०० पुगेको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

१०० औँ शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जर की १०५ वर्षीया ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरे ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस