लक्ष्मी बैंकले जडान गर्यो १४ थान सोलार

काठमाडौँ । लक्ष्मी बैंक लि. तथा लक्ष्मी बैंक लि. को सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ ।

बैंकले २०लाखको लागतमा १४ थान सोलार जडान गरी हस्तनान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना गरिएको एक कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले उक्त सोलार हस्तनान्तरण गरे ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पर्यटकीय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेलाबेलामा सोलार प्यानलको सरसफाई गराउने बताए ।

त्यसैगरी, बैंकले असार २२ गते बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो । वृक्षरोपण कार्यक्रम बनेपा नगरपालिकाको वडा नं. ९ स्थित गणेशस्थानबाट शुरु भई नेपाल खानेपानी संस्थान, बनेपा शाखाको प्राङ्गणमा पुगि सम्पन्न भएको थियो ।

सो कार्यक्रमअन्तर्गत २०० वटा विभिन्न प्रजातीका बिरुवा तथा फलफूलका बिरुवाहरु रोपिएको बैंकले जनाकारी दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस