सांग्रिला डेभलपमेन्ट बैैंकको दुुई शाखा पोखरामा

पोखरा। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पोखराको लेखनाथ स्थित तालचोक र पोखराको हल्लनचोक लेकसाईडमा आफ्नो थप दुुई शाखाको उद्घाटन गरेको छ ।

तालचोक शाखाको उद्घाटन प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उक्त अवसरमा मन्त्री गुरुङले प्रदेश नं. ४ पर्यटन ब्यवसायको लागि प्रचुुर सम्भावना बोकेको प्रदेश रहेकोले देशकै आर्थिक समृद्धीको मेरुदण्डको रुपमा विकास गर्न यसमा निजी क्षेत्र लगायत बैंक तथा बित्तीय संस्थाहरुले अहम भूमिका निभाउनुु पर्ने बताए ।

यसैगरी, लेकसाईड शाखाको उद्घाटन प्रदेश नं. ४ का सभामुुख नेत्रनाथ अधिकारीले गरेका थिए ।  उक्त अवसरमा उनले बैंकको प्रगतीको कामना गर्दै बैंकले शाखा सञ्जाल शहरी क्षेत्रमा मात्र केन्द्रित नगरी बिभिन्न ग्रामीण क्षेत्रहरुमा समेत बिस्तार गरी आम जनतालाई बैकिङ सुुबिधा प्रदान गरेकोमा प्रशंसा गरे।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस