माइक्रोको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । धुलिखेलमा माइक्रोले ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौं जाँदै गरेको ना१ज ५२१५ नम्बरको माइक्रो बसले भकुण्डेतर्फ जाँदै गरेको ज११प १२९७ नम्बरको मोटरसाइकललाई धुलिखेल-९ पानीट्याङकी नजिकै ठक्कर दिएको थियो ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  मृत्युको सनाखत हुन सकेको  छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री