ग्लोबल आइएमई बैंकले मालपोत कार्यालयकोे राजस्व संकलन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले यही साउन ६ गते देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा शुरु गरेको छ ।

बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो ।

बैंकले यसअघि  यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु- गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ ।

त्यस्तै  परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर तथा आन्तरिक राजश्व विभागको धरान, जनकपुर, लाहान र तुल्सीपुर, दाङको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा पनि बैंकले राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस