चितवन । चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप भएको छ। अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीहरुलाई लाठी चार्ज गर्दै दर्जनौ सेल अश्रु ग्यास र हवाइ फायर गरेको छ ।
आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो । झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारीहरु घाइते भएका छन् ।
महानगरले साउन ५ गते शनिबारदेखि राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे गाडी चलाउन रोक लगाउन लागेको हो ।
तपाईंको प्रतिकृया



