news

तनहुँ हाइड्रो पावरको प्रगति ज्यादै निराशाजनक

काठमाडौं । एसियाली विकास बैंकले तनहुँकाे दमैलीमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ हाइड्रो (माथिल्लो सेती) जलाशय जलविद्युत आयोजनाको प्रगति ज्यादै निराशाजनक रहेको औंल्याएको छ । बिहीबार अायाेजित  एसियाली विकास बैंकको लगानीका आयोजनाको त्रिपक्षीय समीक्षा बैठकमा ऊर्जा तथा जलविद्युतका आयोजनामध्ये तनहुँ हाइड्रो निकै पछि परेको निष्कर्ष छ । लक्षित समयभित्र तोकिएको खर्च तथा भौतिक प्रगति गर्न नसकेकोप्रति बैंकले प्रश्न उठाएको हो । सन् २०१८ का लागि यो दोस्रो त्रैमासिकको समीक्षा …

पुरा पढ्नुहॊस »

खान लागेको समोसामा भ्यागुतो भेटिएपछि

महोत्तरी  । गौशाला बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याएको समोसामा भ्यागुतो फेला परेको हो । एक कार्यक्रममा खाजा खान ठिक्क परेका सहभागी र पत्रकारले इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । पसलका संचालक धवेन्द्र साहलाई मंगलबार बेलुका नै प्रहरीले पक्राउ गरी सोधपुछपछि उद्योग वाणिज्य संघ गौशाला पदाधिकारीका रोहबरमा छोडेको थियो । इलाका प्रहरी कार्यालय गौशाला इन्स्पेक्टर भोला भट्टले कारवाही गर्ने अधिकार आफुसँग नभएकाले जमानतमा …

पुरा पढ्नुहॊस »

‘रोडिज’ पुग्यो ट्रेन्डिङ नम्बर एकमा

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण सुरु भएको हिमालय रोडिजको पहिलो एपिसोड युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । हिमालय रोडिजको अफिसियल च्यानलमा अपलोड भएको दुई दिनमै यो श्रृङ्खला नेपालभित्र युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुग्न सफल भएको हो ।

पुरा पढ्नुहॊस »

४८ एसपीको एकैपटक सरुवा(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको असार १६ गतेको निर्णयानुसार ४८ जना प्रहरी उपरीक्षकहरुको बुधबार सरुवा भएको हो । यस्तो छ सरुवा  सूची 

पुरा पढ्नुहॊस »

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ। आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ ।

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षाफल प्रकाशन

भक्तपुर। गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाफल आज प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार  बिहान परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिएको हो । ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा १ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २ सय २१, २.८१ …

पुरा पढ्नुहॊस »

बिरामी लिएर चितवनबाट आएको हेलिकोप्टर ककनीमा आकस्मिक अवतरण

काठमाडौं । चितवनबाट बिरामी लिएर आएको श्री एयरलाइन्सको हेलिकोप्टर काठमाडौंको ककनी–१, मगटामा आकस्मिक अवतरण गरिएको छ । मौसममा आएको खराबीका कारण आकस्मिक अवतरण गर्नु परेको हो । हेलिकोप्टरमा ग्राण्डी अस्पतालका डा. अजय सिंह, नर्स अनु शाही र पाइलट प्रिया अधिकारी सवार थिए । भर्खरै घटनास्थलमा बलाजुका डिएसपी चिरञ्जीवी नेपाल पुगेका छन् । उनका अनुसार हेलिकोप्टरमा सवार सबै सकुशल छन् । उपचारका लागि ल्याइँदै गरेको बिरामी खगराज अधिकारीको भने अवस्था गम्भीर रहेको …

पुरा पढ्नुहॊस »

नेपाललाई चौथो सफलता,पारसले लिए अर्को विकेट

काठमाडौं ।  ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता मिलेको छ। नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि चौथो विकेट कप्तान पारस खड्काले लिएका छन्। उनले नेदरल्याण्ड्सका वेस्ले बरेसीलाई १६.१ ओभरमा क्याट आउट गराए। नेदरल्याण्ड्सले ७३ रन जोड्दा ४ विकेट गुमाएको छ। खेलमा पहिलो विकेट सोमपाल कामीले लिएका थिए भने दोश्रो र चौथो विकेट कप्तान पारस खड्काले लिएका थिए । यस्तै सन्दीप लामिछानेले तेश्रो विकेट लिएका हुन् ।

पुरा पढ्नुहॊस »

सामसङको ग्यालेक्सी जे८ नेपाली बजारमा

काठमाडौं । सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जसमा ६ इन्चको सुपर इन्फिनिटि डिसप्ले  तथा डुयल क्यामेरा रहेको छ । जे८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यस क्यामराले जस्तो सुकै अवस्थामा, जहाँपनि आकर्षक सेल्फी खिच्न सकिन्छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ । लाइभ फोकस फिचरले गर्दा प्रयोग कर्ताले सफा एवं स्पष्ट फोटो लिन सक्छन् । …

पुरा पढ्नुहॊस »

नेपाललाई अर्को सफलता, सन्दिपले लिए तेश्रो विकेट

काठमाडौं ।  ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई तेश्रो  सफलता मिलेको छ। नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले  लिएका हुन्  ।सन्दिपले १२.२ ओभरमा नेदरल्याण्ड्सका स्टेफन माइवर्गलाई बोल्ड आउट गराएका छन्। माइवर्ग ३२ बलमा ४ चौंका र १ छक्काको मद्दतमा २९ रन जोड्दै आउट भएका हुन्।

पुरा पढ्नुहॊस »
This will auto close after