कारले ठक्कर दिँदा बाइकमा सवार पत्रकार रोहिताको मृत्यु

काठमाडौं । पत्रकार शिवेन्द्र रोहिताको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान धनुषको जनकपुरधाम उपमहानगरपालिकास्थित थापाचोकमा मोटरसाइकललाई स्कारपियो दिँदा पत्रकार रोहिताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धुनषाकाअनुसार बिहान ३ बजेतिर पूर्वपश्चिमतर्फ आइरहेको बा २१ च ३३४३ नम्बरको कारले विपरीत दिशामा रहेको रोहिता सवार प्रदेश २-५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएको शहिदनगर नगरपालिका-८ का ३२ वर्षीया रोहितालाई प्रादेशिक अस्पतालको चिकित्सकहरूले बिहान ३ बजेर २८ मिनेट जाँदा मृत घोषणा गरेका थिए ।

प्रहरीकाअनुसार मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका-२ मा डेरा गरी बस्ने २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको उपचार भइरहेको छ । प्रत्यक्षदर्शीहरूले मोटरसाइकल यादवले चलाएको भनेपनि सिसिटिभी हेरेर थप अनुसन्धानको भइरहेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी लिए ।

ठक्कर दिने स्कारपियो प्रहरी नियन्त्रणमा छ भने चालक शहिदनगर नगरपालिका-५ का २८ वर्षीय मनोज शाहलाई पक्राउ गरी सोधपुछ गरिरहेको एसपी तिवारीले बताए । उनकाअनुसार स्कारपियोमा चालकसहित ४ जना सवार थिए । रोहिता मकालुखबरका प्रदेश संवाददाता थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds