खान लागेको समोसामा भ्यागुतो भेटिएपछि

महोत्तरी  । गौशाला बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याएको समोसामा भ्यागुतो फेला परेको हो । एक कार्यक्रममा खाजा खान ठिक्क परेका सहभागी र पत्रकारले इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।

पसलका संचालक धवेन्द्र साहलाई मंगलबार बेलुका नै प्रहरीले पक्राउ गरी सोधपुछपछि उद्योग वाणिज्य संघ गौशाला पदाधिकारीका रोहबरमा छोडेको थियो ।

इलाका प्रहरी कार्यालय गौशाला इन्स्पेक्टर भोला भट्टले कारवाही गर्ने अधिकार आफुसँग नभएकाले जमानतमा छोडिएको बताए । अखाद्य वस्तुको अनुगमन र निरीक्षण गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग रहेको समेत उनले स्पष्ट पारे ।

उद्योग वाणिज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले उपभोक्तालाई पैसा लिएर विक्री गरेको समोसा भित्र भ्यागुतो भेटिनु ठूलो लापरवाही रहेको बताएका छन् । पसलका सञ्चालक साहले घटना दुर्घटनावस भएको भन्दै माफी मागेका छन् ।
नेपाल समाचारपत्रबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस