सामसङको ग्यालेक्सी जे८ नेपाली बजारमा

काठमाडौं । सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन प्रस्तुत गरेको छ । जसमा ६ इन्चको सुपर इन्फिनिटि डिसप्ले  तथा डुयल क्यामेरा रहेको छ ।

जे८ मा अत्याधुनिक प्रविधियुक्त क्यामरा रहेको छ । यस क्यामराले जस्तो सुकै अवस्थामा, जहाँपनि आकर्षक सेल्फी खिच्न सकिन्छ । यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा व्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ ।

लाइभ फोकस फिचरले गर्दा प्रयोग कर्ताले सफा एवं स्पष्ट फोटो लिन सक्छन् । व्याकग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसके पछि ब्लर बनाउन सकिन्छ । ग्यालेक्सी जे८ को नेपाली मूल्य केवल ३३४९० तोकिएको छ ।

यो फोन नेपाल अधिराज्यभरका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्ध हुनेछ । ग्यालेक्सी जे८ आकर्षक नीलो, कालो तथा ग्लोल्ड कलरमा उपलब्ध छ ।

ग्राहकहरुकोे लागि ग्यालेक्सी जे८मा ६ हजार एमबिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एमबीका दरले १२ हप्ता सम्म एनसेलको डाटाप्याक पनि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री