ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ  पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ ।

कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ ।

‘काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,’ प्रमुख थापाले भने ।  चालु आवमा मात्रै कामपाले साइकल लेन निर्माणका लागि रु एक करोड बजेट छुट्याएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नारायणीमाथि नयाँ पुल बन्ने, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न …

प्रतिकृया दिनुहॊस