चितवनमा बस र ट्रक ठोक्किदाँ,४ को मृत्यु, १७ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१०, भानुचोकमा गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् ।

पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नंम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको हो ।
त्यस्तै बसका चालक काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापा, यात्र ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ वर्षीय तारा बरालको उपचारको क्रममा मृत्यु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री