जेसीबी जेएस१२० एस्काभेटर सार्वजनिक

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले एकसय २० टनको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ ।जेसीबीले नयाँ जेएस १२० एस्काभेटर सार्वजनिक गरेको हो ।

प्रति घन्टा ८ प्रतिशत कम इन्धन खपत गर्ने यो एस्काभेटरको बकेट क्यापासिटी ०.५ देखि ०.६५ क्युबिक मिटरसम्म रहेको छ । यसको अधिकतम इन्जिन पावर ६० किलोवाट रहेको छ । जेसीबी जेएस१२० मा अत्याधुनिक टेलेम्याटिक्स प्रविधि लाइभलिंक जडान गरिएको छ जसमार्फत टाढैबाट मेसिनको पर्फमेन्स र इन्जिनको अवस्थालाई अनुगमन गर्न सकिन्छ ।

विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएकोले  जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस