news

पहिरोले घर पुरिँदा ३ बालबालिकाको मृत्यु

सल्यान । शनिबार राति बाग्चौर नगरपालिका–१२ बाफुखोलामा  घर पुरिँदा बालाराम डाँगीका दुई छोरी र एक छोराकाे मृत्यु भएको छ ।मृत्यु हुनेमा डाँगीका ८ वर्षीय छोरी ललिता डाँगी, ४ वर्षीय मेनुका डाँगी र ६ वर्षीय छोरा ललित डाँगी छन् । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले आइतबार बेलुकीउनीहरु खेल्दै गरेको बेला घरसँंगै पुरिएका थिए । बाबुआमा बेलुकी भैंसी दुहुन गोठ गएको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नाडा अटो शो २०१८ यही भाद्र २६ देखि ३१ गते सम्म 

काठमाडौं । १३औं नाडा अटो शो २०१८ यही भाद्र २६ गते देखि ३१ गते सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी कक्षमा आयोजन हुने भएको छ ।आम सर्व साधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइविङ्ग, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जन चेतनाको अविवृद्धि गर्ने नाडाले जनाएको छ ।   ४ पाङग्रे, २पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीनवटा ह्याङ्गरहरू राखिएका छन् । ६ …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौता,उपचार गराउँदा १५ प्रतिशत सम्म  छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौता भएको  छ । उक्त  सम्झौतापत्रमा अस्पतालका निर्देशक प्रभाव खतिवडा र बैंक धरानका शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकले विजयपूर अस्पतालमा उपचार गराउँदा १५ प्रतिशत सम्म  छुट पाउने छन् । बैंकले हाल १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय …

पुरा पढ्नुहॊस »

मेगा बैंकको शाखा रहित बैंकिङ सेवा सिन्धुलीका २ स्थानमा

काठमाडौं । मेगा बैँक नेपालले सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारी र चकमकेमा बैंकले शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बेलघारी शाखारहित बैँकिङ्गको वडा नम्बर १ का वडा अध्यक्ष गोबिन्दबहादुर राउत र चकमके शाखारहित बैँकिङ्गको वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले उद्घाटन गरेका छन् ।  शाखारहित बैंकिङबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा उपलब्ध हुनेछ  ।   

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।                                                        2018_9_ 3 Currency                                       Buy                …

पुरा पढ्नुहॊस »

‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ हुँदै (भिडियो)

काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ यहि भाद्र १७ गतेबाट सुरु हुने भएको छ । बिहिबार स्कुल कै प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।सानोगौचरणमा हुने उक्त प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फको प्रतियोगिता हुने बताइएको छ । यस्तै प्रतियोगितामा ३२ विद्यालयहरुको सहभागिता हुने भएको छ । प्रतियोगिताबाट विजयी टिमलाई छात्र तर्फ प्रथम, द्वितीय र तृतियलाई क्रमस १५ …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको सस्तो ब्याजमा नयाँ आवास योजना

काठमाडौं । प्रभु बैंकले सस्तो ब्याजमा नयाँ आवास योजना ल्याएको छ । सजिलो प्रकृया र सरल ब्याजदरमा घर बनाउन कर्जा पाइने बैंकले जनाएको छ । बैंकले २५ वर्षसम्मका लागि ११ प्रतिशत ब्याजमा घरकर्जा (होमलोन) योजना ल्याएको छ । ५ दिनभित्र कर्जा दिने बैंकले बताएको छ । बैंकले निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने छ ।

पुरा पढ्नुहॊस »

आज गौरा पर्व मनाईंदै:किन मनाइन्छ ?

काठमाडौं  । भाद्र कृष्ण पञ्चमीबाट सुरु हुने गौरा पर्व  पहाडी जिल्लावासीले मनाउने प्रमुख चाड हो । यो महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । ‘गौरा-महेश्वरको व्रत बस्नाले मनोकामना पूरा हुने, सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिका रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही बेला देखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती पनि  छ । यो पर्व मनाउन व्रतालु महिलाले धान, साउँ, कुस, तील लगायतका बोटबिरुवा …

पुरा पढ्नुहॊस »

किशोरी बलात्कारका अभियुक्त लम्कीबाट पक्राउ

कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–६, बछुरियाकी एक १४ वर्षीया किशोरी बलात्कार आरोप लागेका युवकलाई कैलाली प्रहरीले पक्रेको छ ।प्रहरीले ३३ वर्षीय हर्कबहादुर कुँवरलाई आइतबार लम्कीबाट नियन्त्रणमा लिएको हो । उनीमाथि भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपी किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । त्यसयता उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले आफन्तकोमा लुकेर बसेको अवस्थामा कुँबरलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी …

पुरा पढ्नुहॊस »

प्रशंशा के. सी बने वाई वाई ग्लोकल टिन हिरो २०१८

काठमाडौँ । प्रशंशा के. सीले “वाई वाई ग्लोकल टिन हिरो २०१८”को उपाधी पाएकी छिन् । के . सी लाई माननीय मन्त्रि गोकर्ण बिस्ट तथा कार्यक्रमका  निर्णायकहरुले वाई वाई ग्लोकल टीन हिरोको उपाधि संगै ट्रफी हस्तान्तरण गरेका थिए । यसै बीच के . सी वर्ष २०१८ को फंतास्टिक टीन भएका छन् ।  आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उधमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाट …

पुरा पढ्नुहॊस »