महालक्ष्मी विकास बैंकर ब्लु क्रस अस्पतालबीच अस्पतालको सेवाशुल्कमा छुट दिने सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पताल प्रा लि. सँग सम्झौता गरेको छ ।उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले उक्त पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा १० % छुट पाउनु हुनेछ ।

यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवाशुल्कमा क्रमशः १२ % र १० % छुट प्राप्त गर्न सक्नु हुनेछ ।

बैंकले आफ्ना संस्थापक÷सेयरधनीहरुका लागि भने अस्पतालसँग १२ % छुट दिने सम्झौता गरेको छ ।

देशका ७४ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ, समस्यालाई अवसरमा बदल्ने प्रतिबद्धता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन्। …

प्रतिकृया दिनुहॊस