ऐन संशोधन गर्न माग गर्दै पत्रकार महासंघ भक्तपुरले बुझायो ज्ञापन पत्र

काठमाडौं । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेस मैत्री बनाउन सरकारसँग माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।जिल्ला प्रशासन कार्यालय, भक्तपुर मार्फत नेपाल सरकार र मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा संचारकर्मी माथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गरेका हुन ।

ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुन सक्न बताउँदै अध्यक्ष बुढाथोकीले ती बुदाहरुको संशोधन गर्नुपर्ने माग गरेको बताएका छन् ।

सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने बताए । अध्यक्ष बुढाथोकीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई ज्ञापन पत्र बुझाउनु अघि शाखाका कोषाध्यक्ष मोहन बल्लले ज्ञापन पत्र बाचन गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण भट्टले ज्ञापन पत्र आजै सरकारसम्म पुर्याउँने प्रतिबद्धता व्यक्त गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमालेले भन्यो- कांग्रेसले लिखित माफी माग्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा …

प्रतिकृया दिनुहॊस