पोखरीमा डुबेर २ बालकको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई स्कुले बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेल  छन्।

वीरगञ्जको राधेमाईमा रहेको साउथ जोन स्कुलमा अध्ययनरत नितेश र स्थानीय राम सुरत मावि रामगढवामा अध्ययनरत सुदर्शन मंगलबार  गर्मी छल्न पोखरीमा पौडी खेल्न गएको र त्यही बेलामा डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री