news

तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक

काठमाडौं।  गायिका निशु ढकालको तिहार लक्षित देउसीभैलो गीत सार्वजनिक भएको छ । ‘आयो तिहार लिएर देउसी’ बोलको गीत तिहारको रमाइलो माहोललाई समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्जमेन्ट रहेको यो गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपा देखएकी छन् ।

पुरा पढ्नुहॊस »

सिटीसी मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु

काठमाडौं ।काठमाडौंको सुन्धारामा रहेको सिटीसी मलमा संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ ।  हबले मोबाइल मेलामा आर्कषक छुटका साथै अफर भित्रको अफर योजना ल्याएको हो । कार्तिक २२ गतेसम्म सञ्चालन हुने मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले दशै तिहार धमाका अन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन ।त्यस्तै अफरमा ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सक्नेछन् ।  एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै …

पुरा पढ्नुहॊस »

हाम्रो विकास बैंकको साधारण सभा आज

काठमाडौं। हाम्रो विकास बैंक लिमिटेडको साधारण सभाआज आइतबार हुने भएको छ । कम्पनीले असोज १५ गते बसेको संचालक समितिको बैठकबाट दशौं वार्षिक साधारणसभा कार्तिक ११ गते होटल सताञ्चुली, बिदुर २ नुवाकोटमा हुने भएको छ । जसले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २ दशमलव ४० प्रतिशत बोनस तथा ७ दशमलव ९१४५ प्रतिशत नगद वितरण दिने भएको छ ।साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्ततुत गर्नु हुने आव २०७४/७५ को वार्षिक प्रतिवेदन …

पुरा पढ्नुहॊस »

घाँटी रेटी ६५ वर्षीय वृद्धको हत्या

वीरगञ्ज । कलैया उपमहानगरपालिका–२३, कोइरिया टोलका  ६५ वर्षीय नन्दलाल राउत कुर्मीको घाँटी रेटेर हत्या भएको छ । प्रहरीका अनुसार, हत्या कसले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । कुर्मीको शव अहिले पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

२० लाख पर्यटकलाई सेवा गर्न दक्ष जनशक्ति आवश्यक  

काठमाडौं। सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल पर्यटन वर्ष सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति चाहिने यस क्षेत्रका विज्ञहरूले औंल्याउनु भएको छ । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)को शनिबार राजधानीमा आयोजित आठौं दीक्षान्त समारोहमा बोल्ने पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव …

पुरा पढ्नुहॊस »

चन्द्रागिरी डाँडोमा विश्वकप क्रिकेटको ट्रफी

काठमाडौं । शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।   आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् । चन्द्रागिरीमा ट्रफीलाई त्यहाँ केहीबेर राखेर आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत  देखाइने कार्यतालिका रहेको छ । यही ट्रफीलाई भोलि बसन्तुपर लगिने कार्यक्रम छ । यसअघि  शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ …

पुरा पढ्नुहॊस »

जलविद्युत प्रवद्र्धक बटु लामिछाने ‘महात्मा गान्धी’ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं ।जलविद्युत प्रवद्र्धक बटु लामिछाने ‘महात्मा गान्धी’ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । बेलायतस्थित भारतीय समुदायले उनलाई जलविद्युत क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अवार्डबाट सम्ममान गरेको हो । बेलायतको तल्लो सदन (हाउस अफ कमन) का सदस्य द्वय वीरेन्द्र शर्मा र नवावले बटु लामिछानेलाई लण्डनमा एक समारोहको आयोजना गरी अवार्ड हस्तान्तरण गरे ।    

पुरा पढ्नुहॊस »

भैरवकुण्ड हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने

काठमाडौं ।भैरवकुण्ड हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने  भएको छ । कम्पनीले सन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरेर ३१ करोड ८३ लाख २८ हजार रुपैयाँको ३१ लाख ८३ हजार २८० कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २५ लाख ३३ हजार २८० कित्ता र प्रभावित क्षेत्रका वासिन्दाको लागि ६ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई …

पुरा पढ्नुहॊस »

नेशनल माइक्रोफाइनान्सको मुनाफा ३४ प्रतिशतले वृद्धि

काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफामा २ करोड ६४ लाख रुपैयाँ कमाएको छ । नेशनलले गत वर्षको तुलनाभन्दा ३४ दशमलव २१ प्रतिशतले वृद्धि भएको हो । बैंकले अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा १ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको थियो । १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा १४ करोड ९३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ …

पुरा पढ्नुहॊस »