काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा खुद मुनाफामा २ करोड ६४ लाख रुपैयाँ कमाएको छ ।
नेशनलले गत वर्षको तुलनाभन्दा ३४ दशमलव २१ प्रतिशतले वृद्धि भएको हो । बैंकले अघिल्लो गत वर्षको सोहि अवधिमा मुनाफा १ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
१५ करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा १४ करोड ९३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ सय १० दशमल ५ प्रतिशतले वृद्धि गरी ८४ करोड २१ लाख रुपैयाँ संकलन गरिएको छ ।
यस कम्पनीले कर्जामा ५६ दशमलव ५६ प्रतिशतले वृद्धि गरी २ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ । नेशनल माइक्रोफाइनान्सले खुद व्याज आम्दानीमा ३५ दशमलव ८९ प्रतिशतले बढेर ५ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३६ दशमलव ६६ प्रतिशतले बढेर ४ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।




