चन्द्रागिरी डाँडोमा विश्वकप क्रिकेटको ट्रफी

काठमाडौं । शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।

 

आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् । चन्द्रागिरीमा ट्रफीलाई त्यहाँ केहीबेर राखेर आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत  देखाइने कार्यतालिका रहेको छ ।

यही ट्रफीलाई भोलि बसन्तुपर लगिने कार्यक्रम छ । यसअघि  शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपालमा राखेर सोमबार भारत लगिने आइसीसीले जनाएको छ ।

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप