उर्जा

Energy related news.

ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा बानेश्वर ब्यांकेटमा आइतबार सम्पन्न भएको छ । सभाले कम्पनीको सबै प्रस्तावमाथि छलफल गरी पारित गर्नुको साथै कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ । सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल,भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको हो । कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको …

पुरा पढ्नुहॊस »

इप्पानले गर्‍यो भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सम्झौताको स्वागत

काठमाडौँ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो । सन १९७१ देखि नेपाल र भारतबिच विद्युत् आदान प्रदान हुँदै आएकोमा सन २०१४ मा विद्युत् व्यापार सम्झौता (पीटीए) भएको थियो । सोही सम्झौतामा टेकेर पछिल्लो समय नेपालबाट ५०० मेगावाटसम्म विद्युत् अल्पकालीन रूपमा …

पुरा पढ्नुहॊस »

नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरे । …

पुरा पढ्नुहॊस »

उद्योगीले ६० किस्तासम्म महसुल तिर्न पाउने, हिमाल आइरनको लाइन जोडियो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० …

पुरा पढ्नुहॊस »

बिल काटेको सबै महसुल असुल्छौं : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिल काटेका सबै महसुल असुल्ने जनाएको छ । सम्पूर्ण महसुल बक्यौता उठाउने तयारीमा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले ०७२ साउनदेखि ०७२ पुससम्मको र लोडसेडिङ अन्त्यभएपछिको विषयमाभने महसुल लिने कि नलिने नियामक निकायले निर्णय गरिदिनु पर्ने जनाए । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब …

पुरा पढ्नुहॊस »

एक वर्षमा १५ अर्ब बढीको बिजुली निर्यात गरेको प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल करिब शतप्रतिशत विद्युतको पहुँचमा पुगेको दावी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा विद्युत आयात गर्ने अवस्थाबाट देश निर्यात गर्ने अवस्थामा पुगेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले एक वर्षको अवधिमा नेपालले १५ अर्ब बढी रुपैयाँको बिजुली निर्यात गरेको दावी गरे । उनले भने, ‘वर्षायाममा पनि विद्युत आयात गर्नुपर्ने अवस्थाबाट आज …

पुरा पढ्नुहॊस »

महसुल उठाउन प्राधिकरण आक्रामक, थप २ ठूला उद्योगको काटियो लाईन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । बाँकी दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो …

पुरा पढ्नुहॊस »

बक्यौता नतिर्ने ४ उद्योगको बिजुली काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति बन्द गर्न थालेको छ । शुक्रबार चार वटा उद्योगको पनि लाइन काटेको छ । जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको लाइन बन्द भएको हो । जगदम्बाले १ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्ट उद्योगले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार ऊर्जा, …

पुरा पढ्नुहॊस »

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । इनरुवा सब स्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड १२ बजे मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियानअन्तर्गत …

पुरा पढ्नुहॊस »

काठमाडाैंका यी स्थानमा शनिबार बिजुली काटिने

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभिए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुन लागेको हो। उक्त सबस्टेसनबाट विद्युत सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरूहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ। त्यस्तै, ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, …

पुरा पढ्नुहॊस »