उर्जा

Energy related news.

बुद्धभूमि नेपालको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज  अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज ११ गतेबाट १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।बिक्री प्रबन्धक सिभिल क्यापिटलका …

पुरा पढ्नुहॊस »

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं।मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि बिक्री खुल्ला गरेको  आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले  साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानियमा विक्री गरेको आईपीओ आज  बाँडफाँट गरेको हो । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरुमध्यबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट …

पुरा पढ्नुहॊस »

साहस उर्जाको आईपीओ बिक्री खुला

काठमाडौं  ।साहस ऊर्जा लिमिटेडले आजदेखि  सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन …

पुरा पढ्नुहॊस »

मैलुङ खोलाजलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज  मा सूचीकृत भएको छ ।  कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । मैलुङ खोला जलविद्युत कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको कारोबार हुनेछ । कम्पनीको शेयरलाई नेप्सेले अंग्रेजीमा  MKJC कारोबार संकेत प्रदान गरेको छ ।

पुरा पढ्नुहॊस »

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाडौं  ।तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक  राम कुमार महतले हस्ताक्षर गरेका हुन । हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक …

पुरा पढ्नुहॊस »

बुद्धभूमि नेपालले ८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावरले आगामी असोज ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले हालैमात्र आयोजना प्रभावित स्थानीय नुवाकोट वासीका लागि चार लाख कित्ता सेयर बाँडफाँड गरेकोमा दोस्रो चरणका लागि सर्वसाधारणमा कुल ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । आईपीओ प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका रहेका छन् । कम्पनीले कुल ८ लाख कित्ता मध्ये ४० हजार …

पुरा पढ्नुहॊस »

विकास हाइड्रोपावरले १३ लाख ८८ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्राथमिक शेयर  निष्काशन गर्ने भएको छ ।कम्पनीले अधिकृत तथा जारी पूँजी को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको …

पुरा पढ्नुहॊस »

तेह्रथुम पावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले भदौ ९ देखि भदौ १३ गतेसम्म निष्कासन गरेको आईपीओको बाँडफाँड गरिएको हो । आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । आइपिओमा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका …

पुरा पढ्नुहॊस »

तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट हुने भएको हो । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ४० हजार कित्ता शेयर सामूहिक …

पुरा पढ्नुहॊस »

दरखोलाको बाढीले लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो

काठमाडाैँ । दरखोलामा आएको बाढीले आइतबार राति म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलविद्युत परियोजनाको पावर हाउस (विद्युत गृह) बगाएको छ । ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह बाढीले बगाएको हो । लुलाङ आधारभूत विद्यालयका शिक्षक निकेश खड्काले दरखोलामा आएको बाढीले लघुजलविद्युत परियोजनाको संरचना बगाएको बताए । ‘दरखोलाको बाढीले कटान गरेर लघुजलविद्युत परियोजना बगाएको हो,’ उनले भने ‘पावर हाउस भएको ठाउँमा खोला बगेको छ ।’ उनका अनुसार खबाङको …

पुरा पढ्नुहॊस »