उर्जा

Energy related news.

विद्युत प्राधिकरणले ६ महिनामा कमायो १५ अर्ब ३६ करोड नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरु लगायतमा जम्मा ५१ अर्व ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको …

पुरा पढ्नुहॊस »

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रीड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका प्रसारण लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ । साउनदेखि हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन …

पुरा पढ्नुहॊस »

समृद्धिको पर्यायवाची ‘ऊर्जा’ हो, व्यक्ति र देश सँगसँगै समृद्ध हुनुपर्छ : महानिर्देशक मण्डल

हिजो १५० रुपैयाँमा जलविद्युतको लाइसेन्स दिएकै हो, समयानुकूल संशोधन गर्न सकिन्छ । काठमाडौँ । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक जीवछ मण्डलले नेपालको सन्दर्भमा समृद्धिको पर्यायवाची शब्द नै ऊर्जा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का प्रतिनिधिहरूसँगको भेटमा महानिर्देशक मण्डलले ऊर्जामा लागेका व्यक्ति र देश सँगसँगै समृद्ध भएमा मात्रै यो क्षेत्र अनन्तकालसम्म सफल हुने पनि बताए । व्यक्ति मात्रै समृद्ध भएर देश समृद्ध नहुँदा कुनै पनि क्षेत्र जुनसुकै …

पुरा पढ्नुहॊस »

वनले अध्ययन सहमति नदिँदा ४६१ मेगावाटका ९ आयोजनाको लाइसेन्स खारेज हुने अवस्था

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकुञ्ज तथा संरक्षण क्षेत्रले आयोजना अध्ययनका लागि सहमति नै नदिँदा करोडौँ रुपैयाँ रोयल्टी तिरिसकेका आयोजनाका लाइसेन्स खारेज हुने अवस्थामा पुगेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा …

पुरा पढ्नुहॊस »

एक महिनाभित्रमा हेटौंडा सबस्टेसन निर्माण सकिने

काठमाडौँ । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००/२२० केभी,२२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरु भइरहेका छन् । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस …

पुरा पढ्नुहॊस »

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

काठमाडौँ । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको हो । इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारा सहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ …

पुरा पढ्नुहॊस »

कालंगा हाइड्रोको साधारण शेयर प्रत्याभूति सम्झौता

काठमाडौँ । बझाङस्थित १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ । जारी पुँजी १ अर्ब ४० करोडमध्ये कम्पनीले सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् प्रति शेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । जसअनुसार रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभूति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको कम्पनीले …

पुरा पढ्नुहॊस »

२२० केभी बाह्रबीसे सबस्टेसन काम अन्तिम चरणमा, २ महिनाभित्र सक्ने लक्ष्य

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन उच्च क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र पूरा गर्ने लक्ष्यसहित २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबस्टेसनमा राखिने २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा …

पुरा पढ्नुहॊस »

इप्पान र विद्युत् प्राधिकरण एकै परिवारका सदस्य हुन् : निर्देशक ढकाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले कूल विद्युत् उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत् प्राधिकरण (एनइए) एकै परिवारका सदस्य भएको बताएका हुन् । इप्पान र एनइए एक्लै हिँड्दा कोही पनि गन्तव्यमा पुग्न …

पुरा पढ्नुहॊस »

सिंगटी हाइड्रो इनर्जीको २ फागुनदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन २ गतेदेखि १ः१ अनुपातमा एक करोड ४५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ । यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम …

पुरा पढ्नुहॊस »