उर्जा

Energy related news.

विद्युत् प्राधिकरण ३५औँ वर्षमा हालसम्मकै उच्च नाफामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु-याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ । विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४/७५ मा दुई अर्ब ८५ करोड, आव …

पुरा पढ्नुहॊस »

उपत्यकाका यी क्षेत्रमा आज र भोलि दिनभर विद्युत् काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो । प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, …

पुरा पढ्नुहॊस »

विद्युत महसुल वापत २१ करोड सङ्कलन

नवलपुर । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत महसुल वापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ । प्रशाखा प्रमुख सुजन रिजालका अनुसार कूल दुई करोड २२ लाख १५ हजार ६२३ युनिट विद्युत बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युत मध्ये घरायसी …

पुरा पढ्नुहॊस »

ऊर्जामन्त्रीलाई भेटेर पर्यटन व्यवसायीले भने- ‘विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्नुपर्‍यो’

काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् । विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण …

पुरा पढ्नुहॊस »

विद्युत् महसुल ४०५ सम्म घट्यो, मासिक १० युनिट खपत गर्नेले ३० रुपैयाँ मात्र तिर्नुपर्ने

काठमाडौं  । बिजुलीको महसुलमा ४० प्रतिशतसम्म घटाउने निर्णय गर्दै विद्युत् नियमन आयोगले मासिक १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क गर्नेसम्मको नयाँ नियम लागू गरेको छ । आयोगले विद्युत् महसुल सम्बन्धमा व्यापक हेरफेर गर्दैै निःशुल्क बिजुली उपलब्ध गराउने निर्णय गरेको हो । असार महिनाको खपतदेखि लागू हुने गरी विद्युत्को नयाँ महसुल दर निर्धारण गर्दै १० युनिटसम्म निःशुल्क गरेको छ । ती ग्राहकले मासिक ३० रुपैयाँ भने सेवा शुल्कबापत तिर्नुपर्नेछ । यस्तै, आयोगले सामुदायिक खानेपानी र …

पुरा पढ्नुहॊस »

२५ अर्बको बिजुली खेर जाँदै, टाट पल्टँदै प्राधिकरण

काठमाडौं, ३२ जेठ । सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत नभई खेर जाने भएको छ । सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो (इन्डक्सन) मा बिजुली खपत गराउन सरकारले नीतिमार्पmत सम्बोधन नगरेको, कोभिड–१९ ले माग घटाएको र भारतसित विद्युत् निर्यातसम्बन्धी सम्झौता नभएकाले विद्युत् प्राधिकरणले घटीमा हजार मेगावाट बिजुली उपयोग नगरे पनि तिर्नुपर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान …

पुरा पढ्नुहॊस »

११ सय ६० घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखा जिल्लाका सात स्थानीय तहका एक हजार १६० घरधुरीमा सरकारी अनुदानमा सौर्य ऊर्जाको व्यवस्था गरिने बताए । यसै वर्ष …

पुरा पढ्नुहॊस »

उपत्यकाका यी दर्जन बढी ठाउँमा दिनभर विजुली नआउने

काठमाडौं । काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा आज विजुली आपूर्ति नहुने भएको छ । चक्रपथ विस्तारका लागि संरचना मर्मत गर्नुपर्ने भएकाले उपत्यकाका दर्जनभन्दा बढी ठाउँमा आज विजुली आपूर्ति बन्द गर्नु पर्ने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकीदेखि ढुंगेधारासम्म र सीतापाइलादेखि रामकोटसम्मको विभिन्न स्थानमा विजुली आपूर्ति नहुने जनाएको छ । यी क्षेत्रमा सडक विस्तारको काम भइरहेकाले यस काममा सहयोग पुर्‍याउन विद्युत सेवा अवरुद्ध गर्नुपरेको …

पुरा पढ्नुहॊस »

बन्दाबन्दीको समयमा गाउँमा पुग्यो पहिलोपल्ट बिजुली

मेलम्चीे । बन्दाबन्दीका बीच चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित ओख्लेटार गोलिवाङमा पहिलोपटक बिजुली पुगेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बत्तीको स्वीच अन गरेर उद्घाटन गरेकी हुन् । वडा नं ३ को ओख्लेटार गोलिवाङका १० घरधुरीमा शुक्रबारदेखि बिजुली बलेको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिए । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उनले बताए । हालसम्म वडा नं ३ …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य जारी

काठमाडौं । कोरोना सङ्क्रमण फैलिन नदिन शुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौं उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ । अहिले राजधानीको महाराजगञ्ज र चावहिल–चुच्चेपाटी क्षेत्रमा अहिले विद्युतको तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न पर्दैन । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ …

पुरा पढ्नुहॊस »