उर्जा

Energy related news.

इप्पानको आयोजनामा वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई/दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२, १३ र १४ गते आयोजना गर्न लागेको हो । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा …

पुरा पढ्नुहॊस »

काठमाडौँका यी स्थानमा आजदेखि ७ दिनसम्म विजुली जाने (तालिकासहित)

काठमाडौँ । काठमाडौँमा आजदेखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । आज (माघ ७ गते) महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, माघ …

पुरा पढ्नुहॊस »

ललितपुरका यी ठाउँमा आज बिद्युत अवरूद्ध हुने

ललितपुर । ललितपुर केही भागमा शुक्रबार बिद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका चापाागाउँ, पाटनलगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेको हो । प्राधिकरणका अनुसार चापागाउँ फिडर पाटनवाट हुने सेवा प्रवाह अनुसार चिवहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द गरिन लागिएको हो । जसअनुसार गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ …

पुरा पढ्नुहॊस »

निजी क्षेत्रलाई दिए १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताएका छन् । इप्पान डेको कार्यक्रममा बोल्दै उनले सरकारले निजी क्षेत्रले आयोजना बनाउने वातावरण बनाए १० हजार मेगावाट बनाउन सक्ने बताएका हुन् । कार्कीका अनुसार २९ सय मेगावाटमा ७० प्रतिशत निजी क्षेत्रको योगदान छ । अहिले १५ सय मेगावट आयोजनाको प्रसारणलाइन बनाउनुपर्ने आवश्यकता पनि उनले कार्यक्रममा औँल्याए । कार्यक्रममा ऊर्जामन्त्री शक्ति बस्नेतले …

पुरा पढ्नुहॊस »

लोवर इर्खुवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा २८ लाख पाँच हजार ७५० थान साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २८ करोड पाँच लाख ७५ हजार रुपैयाँमा आईपीओ निष्कासन गर्न मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडको रजिस्टार्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावर …

पुरा पढ्नुहॊस »

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएका २३ वटै उद्योगमा जोडियो बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । गए राति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिएका छन् । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत् लाइन जोडिदिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति …

पुरा पढ्नुहॊस »

उद्योगहरुमा काटिएका लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको नौ सय ६० औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रु पाँच करोडभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये …

पुरा पढ्नुहॊस »

पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा पुस २४ गते ललितपुरको कुपण्डोलमा साधारण सभा सम्पन्न भएको हो । संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उपस्थिति रहेको सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन गरेको छ । जसअनुसार …

पुरा पढ्नुहॊस »

२ महिनाभित्र किस्तामा बक्याैता बुझाउन प्राधिकरणको सूचना, ३० दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ । प्राधिकरणले मंगलबार सूचना निकाल्दै तिर्न बाँकी बक्यौता रकम ६० दिनभित्र किस्तामा तिर्न सकिने बताएको हो । यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको …

पुरा पढ्नुहॊस »

ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा बानेश्वर ब्यांकेटमा आइतबार सम्पन्न भएको छ । सभाले कम्पनीको सबै प्रस्तावमाथि छलफल गरी पारित गर्नुको साथै कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ । सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल,भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको हो । कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको …

पुरा पढ्नुहॊस »