महसुल उठाउन प्राधिकरण आक्रामक, थप २ ठूला उद्योगको काटियो लाईन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । बाँकी दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

यसअघि प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । बिल भुक्तानी गर्न पटकपटक ताकेता भएपनि नतिरेपछि प्राधिकरणले उद्योगहरुको शुक्रबारदेखि लाइन काट्न सुरु गरेको हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले उद्योगमाथि एक्सन सुरु गरेको हो । ऊर्जा मन्त्रालयका अनुसार ३० वटा कम्पनीले मात्रै गत असारसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस