ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौँ । ईङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा बानेश्वर ब्यांकेटमा आइतबार सम्पन्न भएको छ । सभाले कम्पनीको सबै प्रस्तावमाथि छलफल गरी पारित गर्नुको साथै कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल,भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको हो ।

कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले प्रबर्द्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो । गत असार महिनामा आएको बाढीको क्षतिका कारण अवरुद्ध यस अयोजन पुनः फागुन १ गतेदेखि बत्ति बाल्ने गरी मर्मतसंहारको काम भैइरहेको कम्पनीेले जनाएको छ । कम्पनीले ८ मेगावाट क्षमताको तल्लो लोवर ईङवा हाइड्रोपावर आयोजना बनाउने तयारी गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस