काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको विद्युत आपूर्ति बन्द गर्न थालेको छ । शुक्रबार चार वटा उद्योगको पनि लाइन काटेको छ । जगदम्बा, रिलायन्स, घोराही र अर्घाखाँची सिमेन्टको लाइन बन्द भएको हो ।
जगदम्बाले १ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्ट उद्योगले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई तुरुन्त बक्यौता उठाउन निर्देशन दिएका थिए । बक्यौता नतिर्ने उद्योगी व्यवसायीको बिजुली काट्न निर्देशन पनि प्रधानमन्त्रीले दिएका थिए ।
५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ ।
प्रतिकृया दिनुहॊस