उर्जा

Energy related news.

नेपालको ऊर्जा क्षेत्रमा साढे २ खर्ब लगानी गर्न युके एक्सपोर्ट फाइनान्स तयार

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन्। नेपालको जलविद्युत लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन्। सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूका बारेमा जानकारी दिँदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरूलाई आह्वान …

पुरा पढ्नुहॊस »

मोरङ र सुनसरीका औद्योगिक करिडोरमा भरपर्दो विद्युत् आपूर्ति गर्न कुलमानको निर्देशन

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको जनाएको छ। प्राधिकरणका अनुसार त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालू लाइनहरुको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरुको क्षमता स्तरोन्नति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनावद्ध रुपमा अगाडि बढाएको छ। मोरङ र सुनसरीका उद्योगीहरुले मुख्य रुपमा गर्मीयाममा …

पुरा पढ्नुहॊस »

विद्युत् महसुल नबुझाउने दुई सय ७६ ग्राहक कालोसूचीमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ ।

पुरा पढ्नुहॊस »

११ अर्ब १८ करोड उठ्न बाँकी, बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण

काठमाडौँ । विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ । विगतमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् लिएका उपभोक्ताबाट असुल उपर गर्नुपर्ने बक्यौता महसुल र सडक बत्तीबापत स्थानीय निकायले तिर्नुपर्ने महसुलबाहेक अन्य उपभोक्ताबाट गत भदौ मसान्तसम्म करिब ११ अर्ब १८ करोड ६८ लाख बराबर रहेको छ ।

पुरा पढ्नुहॊस »

दसैँमा दैनिक ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडाैँ । दसैँमा देशभित्र आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित झन्डै ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्‌को माग घटेको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालामा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत …

पुरा पढ्नुहॊस »

ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौं । ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब पाँच किलोमिटर सडकको दायाँबायाँ साइडमा ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको छ । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत बत्ती जडान गरिएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले बिहीबार ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममा जडान गरिएका सडक बत्तीको संयुक्त …

पुरा पढ्नुहॊस »

नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ। डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

पुरा पढ्नुहॊस »

एमसिसी प्रसारण लाइनका सबै टेन्डर रद्द (विज्ञप्तिसहित)

काठमाडौं – एमसिसी प्रसारण लाइनको टेन्डर रद्द भएको छ । एमसिए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेण्डर परेपछि रद्द भएको हो । एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो । प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर, …

पुरा पढ्नुहॊस »

काठमाडौंका यी १६ ठाउँमा एक सातासम्म विद्युत् सेवा प्रभावित हुने

काठमाडौं । काठमाडौंका १६ ठाउँमा एक सातासम्म विद्युत् सेवा प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो। प्राधिकरणका अनुसार काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६/११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने छ। लैनचौर ६६ र ११ के.भी.सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, …

पुरा पढ्नुहॊस »

कालीगण्डकी करिडोर : बन्यो १२ सय मेगावाटसम्म विद्युत् प्रसारण गर्ने पूर्वाधार

काठमाडौं । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडन कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब १४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै करिब १२ सय मेगावाटसम्म विद्युत् प्रसारणका लागि पूर्वाधार तयार भएको छ ।

पुरा पढ्नुहॊस »