काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्णरुपमा विदयुतीकरण हुने दावी गरेका छन् । विद्युत प्राधिकरण कार्यालयको हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देश केही समयभित्रै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने बताएका हुन् ।
पुरा पढ्नुहॊस »उद्योगले प्रयोग गरेको बिजुलीको एक लाख पृष्ठको विवरण प्राधिकरणले लेखा समितिलाई बुझायो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ उद्योगको सबै तथ्याङ्क र विवरण संसदको लेखा समितिलाई बुझाएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सिंहदरबारस्थित लेखा समितिको सचिवालयमा तथ्याङ्क र विवरण बुझाएका हुन् । प्राधिकरणले झण्डै एक लाख पृष्ठको विवरण समितिलाई बुझाएको जनाएको छ । ‘हामीले एक लाख पृष्ठ हाराहारीको तथ्याङ्क र विवरण लेखा समितिलाई बुझाएका छौँ, अब उहाँहरूले अध्ययन गर्नुहुन्छ होला’, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले …
पुरा पढ्नुहॊस »४.३ मेगावाटको फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ५० करोड लगानी गर्ने
काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच फेदीखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति भएको छ । ४.३ मेगावाट क्षमतामा बन्ने आयोजनामा कम्पनी र बैंकबीच ऋण सम्झौता भएको हो । भोजपुरको साल्पासिलिछोगाउँपालिका–६ मा निर्माण हुने आयोजनामा बैंकले ५० करोड लगानी गर्ने छ । ऋण सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञवाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कुल लागत …
पुरा पढ्नुहॊस »विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन् । कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन् । जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाको …
पुरा पढ्नुहॊस »बिजुली बेचेर गत वर्ष नेपालले कमायो १६ अर्ब ९३ करोड
काठमाडौं । नेपालले नेपालले गएको आर्थिक वर्ष २०८०/८१ मा भारतलार्य विजुली बेचेर १६ अर्ब ९३ करोड कमाएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् …
पुरा पढ्नुहॊस »ऊर्जामन्त्री खड्कासामु इप्पानले राख्यो आठबुँदे माग (मागसहित)
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर आठबुँदे माग राखेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि लगानीकर्ताहरूको न्यूनतम माग सम्बोधन गर्न आग्रह गरे । “नेपालको ऊर्जा क्षेत्रको विकासक्रममा नेपाली निजी क्षेत्रको ठूलो साथ र सहयोग छ, साथै समृद्धिको पहिलो आधार भनेकै ऊर्जा क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि सरकारले न्यूनतम माग सम्बोधन …
पुरा पढ्नुहॊस »६ उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो । आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम …
पुरा पढ्नुहॊस »बंगलादेश बिजुली निर्यातका लागि त्रिपक्षीय सम्झाैता हुँदै
काठमाडौं । नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने मिति तय भएको हो । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४० मेगावाट बिजुली अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ । नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको …
पुरा पढ्नुहॊस »विद्युत् प्राधिकरणले ल्यायो राति १२ बजेसम्म अनलाइनबाट बिजुलीको बिल तिर्न मिल्ने सुविधा
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ । जसअनुसार मंगलबारदेखि लागू हुने गरि बिहान ८ बजेदेखि राति १२ बजेसम्म बिल तिर्न सकिने छ । यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल तिर्न मिल्थ्यो । गएको जेठ ३० गतेको सञ्चालक समितिको निर्णयअनुसार मंगलबारदेखि लागू हुनेगरी बिहान ८ बजेदेखि राति १२ बजेसम्म अनलाइनमार्फत बिल तिर्न सकिने प्राधिकरणले बताएको छ । यसका लागि प्राधिकरणले …
पुरा पढ्नुहॊस »विद्युत् विधेयक फिर्ता गरी पुनर्लेखन गर्नुपर्छ : इप्पान
काठमाडौं । संसद्मा दर्ता भएको विधेयक फिर्ता हुनुपर्नेमा ऊर्जा लगानीकर्ताहरूले माग गरेका छन् । दर्ता विधेयक संशोधन नभई पुनर्लेखन गर्नुपर्नेमा ऊर्जा व्यवसायीहरूले मंगलबार माग गरेका हुन् । विद्युत् विकास विभागको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले संसद्मा दर्ता भएको विद्युत् विधेयक फिर्ता हुनुपर्ने बताए । डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत् विधेयक २०८० लाई संशोधन नभई फिर्ता हुनुपर्ने र यसलाई …
पुरा पढ्नुहॊस »