Tag Archives: mainnews

सुरुङमा हुलिएको मेलम्चीको पानी आज काठमाडौं आइपुग्ने

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी काठमाडौं आइपुग्दैछ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो । आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्नेछ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो । सुरुङ हुँदै आएको मेलम्चीको पानी सुन्दरीजल केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ । सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय, यसरी गरिंदैछ दर्शनको व्यवस्था

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ । यसैगरी कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ …

पुरा पढ्नुहॊस »

‘कांग्रेसले उचित समयमा उचित निर्णय लिन्छ’

काठमाडौँ । नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने जनाएको छ । कांग्रेस संसदीय दलको शुक्रवार बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, राजनीतिक समस्यालाई निकास दिन र संविधानलाई बलियो बनाउन उचित निर्णय लिने निष्कर्ष निकालेको हो । भोलिदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा सत्तापक्ष कसरी प्रस्तुत हुन्छ, त्यसलाई समीक्षा गरेर पार्टीले उचित निर्णय लिने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैठकमा …

पुरा पढ्नुहॊस »

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ ।  सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीवार भएको सहमतिअनुसार शुक्रवार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा संयुक्त हस्ताक्षर भएको हो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् । गृह मन्त्रालयले बिहीबारै …

पुरा पढ्नुहॊस »

मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौँ । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको छ । एसिड आक्रमणविरुद्धकी अभियन्ता खातुनलाई प्रतिष्ठित सो पुरस्कार प्रदान गरिने भएको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको हो । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिइने पनि विज्ञप्तिमा उल्लेख छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । त्यस्तै …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आइतबारदेखि प्रतिनिधिसभा सुरु हुने भएपछि पार्टीको धारणा बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार संसदीय दलको बैठकपछि मात्रै कांग्रेसले वर्तमान राजनीतिक विषयमा निर्णय लिनेछ । प्रतिनिधिसभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने जिज्ञाशामा उनले भने, ‘आजको बैठकबाट …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दैछन् । सरकारले चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध फुकुवाको औपचारिक घोषणा आज प्रधानमन्त्री ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दको सहमतिपत्रमा हस्ताक्षर एवं संयुक्त सम्बोधनपछि गरिनेछ । सहमतिपत्रमा …

पुरा पढ्नुहॊस »

प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

काठमाडौँ । कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो । बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारबाहीस्वरुप गोली चलाएको थियो । जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई बिदा गराैं : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्न काँग्रेस लाग्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले अायाेजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्ताे धारणा राखेका हुन् । उनले यो बेलामा काँग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निमित्त उभिन जरुरी रहेको वताए । फरक सन्दर्भमा बोल्दै उनले यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नुभन्दा अघि …

पुरा पढ्नुहॊस »

सरकार र चन्द समूहबीच ३ बुँदे सहमति

काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति भएको जानकारी दिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds