पर्सा । वीरगन्जमा कोरोना संक्रमणले थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मुटु तथा मधुमेह रोगका बिरामी रहेका युवकको आज (बुधबार) विहान उपचार क्रममा मृत्यु भएको बताइएको छ ।
नेशनल मेडिकल कलेजमा सोमबार राति भर्ना भएका उनको मंगलबार कोरोना पोजेटिभ रिपोट आएको थियो र उनलाई मंगलबार राति नै अस्थाइ कोरोना अस्पताल विरगंज हेल्थ केयरमा भर्ना गरिएको थियो ।
तपाईंको प्रतिकृया



