कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ७ लाख ४  हजार३ सय ६५ जना पुगेको छ भने १ करोड ८७ लाख १ हजार ६  सय ७२ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि १ कोरोड १९  लाख १५ हजार ३ सय ३१  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल, म्याक्सिको र  बेलायत छ ।

अमेरिकामा हालसम्म १ लाख ६० हजार  २ सय  ९० जनाको, ब्राजिलमा ९६  हजार ९६  जना, म्याक्सिकोमा   ४८ हजार ८ सय  ६९  जना र  बेलायतमा ४६  हजार २ सय ९९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १९ लाख ६  हजार ६ सय १३  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३९  हजार ८ सय २० जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ९   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५  हजार २६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री