पर्सा। पर्सामा गत सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीलाई पखाला लागेको थियो ।
उनको अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो ।
तपाईंको प्रतिकृया




