नबिल बैंकको डीजीएममा मनोज ज्ञवाली नियुक्त

काठमाडौं। नबिल बैंकको डेपुटी जनरल म्यानेजर (DGM) मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । उनले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै छन् ।

गत बैशाख ११ गते ज्ञवालीले  ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए ।

उनी निकै हक्की र स्पष्टवक्ता बैंकरको रुपमा चिनिन्छन् । ज्ञवाली नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी  समेत  हुन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री