पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुभसाइतमा आफ्नो बुवाको हातबाट टीका ग्रहण गरेका छन्। उनले आफ्ना ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्। उनीसहित उनको सबै परिवारले बुवाको हातबाट टीका ग्रहण गरेको हो।
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २७२ जनामा संक्रमण पुष्टि, ७७७ संक्रमणमुक्त
नेपालमा थप २७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा २ हजार ६२० जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा थप ७७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त …
पुरा पढ्नुहॊस »मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदै
दशैँको मुख्य दिन (विजया दशमी) आज मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदैछ। नेपालीहरुको महान चार्ड विजया दशमी (बडादशैँ) मा आज देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दशैँ मनाउने गर्छन्। आज बिहान ८ः१९ बजे देवी विसर्जन गरी १०ः०२ बजेको शुभ साइतमा टीका लगाइएको हो। आज दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत भएपनि बिहान १०ः०२ मा शुभ साइत रहेको थियो। …
पुरा पढ्नुहॊस »राष्ट्रपतिद्वारा आमाकाे हातबाट विजयादशमीको टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छिन्। राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्। …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण
प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए। प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र …
पुरा पढ्नुहॊस »चाडवार्डमा महंगियो फलफूलको मूल्य
नेपालीहरुको महान चाड बडा दशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन्। काठमाडौं उपत्यकामा दशैंको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन्। काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक बढेको बताएका छन् । उनीहरुले फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै सरकारले चाडबाडको मुखमा समेत बजार अनुगमन …
पुरा पढ्नुहॊस »स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन प्रधानमन्त्री देउवाको आग्रह
प्रधानमन्त्री देउवाले कोभिड-१९ नियन्त्रणका उपायहरूलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन् । ‘यस समयमा बडादशैं पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरूलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरकार रूपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छु’, सन्देशमा भनिएको छ ।
पुरा पढ्नुहॊस »गएराति गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
गुल्मी। गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मुसिकोट नगरपालिका २ जलजले का ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका २ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नपा ३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा …
पुरा पढ्नुहॊस »आज विजयादशमीः टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे
नेपालीहरूको महान् चाड बडादसैंको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए। “अत्यावश्यक परेकाले देवी विसर्जन …
पुरा पढ्नुहॊस »थाहा छ तपाइँलाई ?, नेपालबाहेक यी देशहरूमा पनि दसैं मनाइन्छ
हिन्दुहरूको महान् पर्व दसैं नेपालमा मात्र नभएर विश्वका अन्य केही देशमा पनि मनाइन्छ। हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन्। छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दसैं मनाइन्छ। भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ। सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ। भारतबाहेक वंगलादेश, बर्मा, थाइल्यान्ड, भुटान, श्रीलंका र मलेसियामा पनि दसैं मनाइन्छ। मनाउने शैली फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन्। पश्चिम बंगालमा नवदुर्गा …
पुरा पढ्नुहॊस »