सल्यानमा बस दुर्घटना, नौ जनाकाे मृत्यु

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो।

उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ। घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस