नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्। गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा …
पुरा पढ्नुहॊस »कांग्रेस प्रदेश २ अधिवेशन: आठै पदाधिकारीमा देउवा पक्ष विजयी
काठमाडौँ । कांग्रेस प्रदेश-२ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । शेखर कोइराला-विमलेन्द्र निधि प्यानलका उम्मेदवारलाई पराजित गर्दै आठै पदाधिकारीमा देउवा पक्षले जितेको हो । आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको थियो । कोइराला-निधि पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन् । त्यसपछि …
पुरा पढ्नुहॊस »कांग्रेस नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले के निर्णय गर्ला ?
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो । बैठकअघि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरिने कांग्रेस कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
पुरा पढ्नुहॊस »स्थानीय तहको निर्वाचन १४ र २२ वैशाखमा गर्न सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले पालिकाको निर्वाचन एकैपटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग शुक्रबार गरिएको छलफलमा आयोगका पदाधिकारीहरूले सबै पालिकाको निर्वाचन एकैपटक वैशाख १४ गते गर्न प्रस्ताव गरेका हुन् । यदि कुनै कारणवश एकैपटक निर्वाचन सम्पन्न गर्न नसकिएमा वैशाख २२ गते अर्को निर्वाचन गर्न सकिने आयोगले जनाएको छ । जवाफमा प्रधान मन्त्री देउवाले दलहरूसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने …
पुरा पढ्नुहॊस »आज क्रिसमस डे, सरकारले दियो सार्वजनिक बिदा
काठमाडाैँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम …
पुरा पढ्नुहॊस »बागमती प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय, तीन मन्त्री र तीन राज्यमन्त्रीद्वारा सपथ
बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए। शुक्रबार साँझ नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए । आज …
पुरा पढ्नुहॊस »सबै कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन्। माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच भएको एकतापछि आज राजधानीमा आजोजित एकतासभामा अध्यक्ष दाहालले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए। परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन …
पुरा पढ्नुहॊस »दोलखाको कालिञ्चोकमा हिमपात, जनजीवन प्रभावित
दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ। कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो। कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए। हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात सुरु भएसँगै व्यवसायी उत्साहित भएका छन्। हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही …
पुरा पढ्नुहॊस »अध्ययन गरेर मात्र एमसीसी अघि बढाउनु पर्छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन्। सल्यानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्नु पर्ने र अन्यथा पारित गर्न नहुने बताए। ‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं। त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने …
पुरा पढ्नुहॊस »कोरोना अपडेटः थप २६० जनामा संक्रमण, ३४९ जना निकाे भए
गत २४ घण्टाभित्र नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ६० जनाको पिसिआर परीक्षण र ३ हजार ८३८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार ९०१ र एन्टिजेन परीक्षणबाट ९६ हजार ११५ रहेकाे छ । निकाे हुनेकाे संख्या …
पुरा पढ्नुहॊस »