दोलखाको कालिञ्चोकमा हिमपात, जनजीवन प्रभावित

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ। कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए।

हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात सुरु भएसँगै व्यवसायी उत्साहित भएका छन्। हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ। कालिञ्चोकमा काठमाडौँ तराई तथा भारतका नागरिकसमेत हिउँ खेल्न कालिञ्चोक आउने गरेका छन्। यो वर्ष वर्षायाम ढिला गरी सुरु भएको र बाक्लो मात्रामा हिमपात नभएका कारण जिल्लामा अन्य वर्षको तुलनामा पर्यटक नभित्रिएको चरिकोटका व्यवसायी कुइराङ रुम्वाले बताए।

एकै दिनमा कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगि हिउँ खेल्न तथा कालिञ्चोक मन्दिरको दर्शन गर्न सकिने भएका कारण पर्यटकको आकर्षण बढेको छ भने पर्यटकको आगमनसँगै कोभिडका कारण लामो समयदेखि बन्द रहेको व्यवसाय राम्रोसँग सञ्चालन हुने भएपछि कालिञ्चोक क्षेत्रका व्यवसायी उत्साहित भएका छन्। ३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा मन्दिर दर्शन, हिउँ खेल्न तथा हिउँमा खेलिने साहसिक खेल स्की खेल्नका लागि पर्यटक पुग्ने गरेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस