अध्ययन गरेर मात्र एमसीसी अघि बढाउनु पर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन्।

सल्यानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्नु पर्ने र अन्यथा पारित गर्न नहुने बताए।

‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं। त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग नि:स्वार्थ हो भने हामी स्वीकार्छौं। सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’

एमसीसी पास गर्ने अधिकार जनतामा रहेको र त्यो विषय जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य