स्थानीय तहको निर्वाचन १४ र २२ वैशाखमा गर्न सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले पालिकाको निर्वाचन एकैपटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग शुक्रबार गरिएको छलफलमा आयोगका पदाधिकारीहरूल‍े सबै पालिकाको निर्वाचन एकैपटक वैशाख १४ गते गर्न प्रस्ताव गरेका हुन् ।

यदि कुनै कारणवश एकैपटक निर्वाचन सम्पन्न गर्न नसकिएमा वैशाख २२ गते अर्को निर्वाचन गर्न सकिने आयोगले जनाएको छ । जवाफमा प्रधान मन्त्री देउवाले दलहरूसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् । त्यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य