एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ। शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दिएकाे छ। ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ।
पुरा पढ्नुहॊस »मन्त्री यादवको बचाउ गर्दै जसपाले भन्यो- सीके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिइयोस्
काठमाडाैँ । हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको जनता समाजवादी पार्टी (जसपा) नेपालले बचाउ गरेको छ । मन्त्री यादवको चौतर्फी आलोचना भएकाले पदबाट राजीनामा दिनुपर्ने दबाब बढेपछि जसपाले शनिवार एक विज्ञप्ति जारी गर्दै उनको बचाउ गरेको हो । जसपाले मन्त्री यादवको प्रमुख आतिथ्यतामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’ को कार्यक्रमलाई जनमत पार्टीका नेता कार्यकर्ताले कार्यक्रमलाई बिथोल्ने, आतंक मच्चाउने र हिंसा भड्काउने क्रियाकलापमा संलग्न रहेको भनेको …
पुरा पढ्नुहॊस »विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको पत्र
काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट ‘हिन्दू राष्ट्र र राजसंस्था’ भन्ने शब्द हटाउन भनेको छ । आयोगले यही माघ २ गते दुई पृष्ठ लामो एक पत्र पठाएर राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन भनेकाे हाे । आयोगले राप्रपाको संशोधित विधान तथा केन्द्रीय समितिको विधान अद्यावधिकका लागि यसअघि नै राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन लगाएको कुरा …
पुरा पढ्नुहॊस »चीनले दिएको २० लाख सिरिन्ज नेपाल आइपुग्यो
काठमाडौं । कोभिड-१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । शनिबार उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । शनिबार हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताएकी छन् ।
पुरा पढ्नुहॊस »स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा आफू नरहेकाे कांग्रेस नेता सिंहद्वारा स्पष्ट
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्। नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारे। शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए। उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा …
पुरा पढ्नुहॊस »नेपालमा थप १० हजार २५४ जनामा काेराेना संक्रमण पुष्टि, ७०८ जना निकाे भए
गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १४ हजार ४६२ जनाको पिसिआर परीक्षण र ५ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। शनिबार निकाे हुनेकाे संख्या ७०८ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या १६ रहेकाे छ ।
पुरा पढ्नुहॊस »भोलि सर्वोच्चसहित देशभरका अदालत बन्द रहने
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ। शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो। बुधवार निधन भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए। सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित …
पुरा पढ्नुहॊस »माओवादी केन्द्रले महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा अध्यक्षलाई दिने
नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताए। उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस …
पुरा पढ्नुहॊस »धम्कीपूर्ण अभिव्यक्ति दिने मन्त्रीबारे कांग्रेस महामन्त्री शर्माले दिए तीन विकल्प
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् । गौर नरसंहार दोहोर्याउने मन्त्री यादवको सार्वजनिक अभिव्यक्तिप्रति महामन्त्री शर्माले आपत्ति प्रकट गरेका हुन् । शर्माले सामाजिक सञ्जालमार्फत राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । ‘हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न,’ उनले भनेका छन्, ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीको सम्बोधनमा योगेश भट्टराईकाे टिप्पणी, ‘सरकार कोमामा रहेको बिरामी’
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधान मन्त्री शेरबहादुर देउवाको राष्ट्रको नाममा सम्बोधन निराशाजनक भएको टिप्पणी गरेका छन् । सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधान मन्त्री देउवाको सम्बोधन निराशाजनक भएको टिप्पणी गरेका हुन् । देउवाको सम्बोधन शुरूदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभास भएको उनको टिप्पणी छ । प्राण र उत्साह नभएको वक्तव्य त्यसमाथि पनि कोभिड(१९ तेस्रो लहरले पुरै नागरिकलाई लपेटी रहेको र अबको केही …
पुरा पढ्नुहॊस »