काठमाडौँ । नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । पोखराबाट नेपालगञ्ज जाने क्रममा बाँस्तोलासहितको टोलीलाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको हो ।
प्रहरीले बाँस्तोलासहितको टोलीलाई नियन्त्रणमा लिएर भालुवाङमै राखेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । केही दिन अगाडि मात्र बाँस्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन् । बास्तोला उक्त पार्टीको संयोजक हुन् ।
बाँस्तोला नेतृत्वले पार्टीले निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित रूपमा निर्वाचनमा भाग लिएको छ । रुपन्देहीको बुटवलमा गएराति बम विस्फोट भएको थियो । त्यहाँ नेकपा माओवादी क्रान्तिकारीको पर्चा भेटिएको थियो । त्यही आशंकामा बाँस्तोलालाई पक्राउ गरिएको हुनसक्ने बताइन्छ ।
तपाईंको प्रतिकृया




