Tag Archives: mainnews

दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खसेको जनाएको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदानकेन्द्रमा बिहान ७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

पुरा पढ्नुहॊस »

दिउसाे १२ बजेसम्म ३५ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले दिउसाे १२ बजेसम्म देशभरी ३५ प्रतिशत मतदान भएको जनाएको छ ।मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्याङ्क भएकाे आयोगले जनाएको हो । देशभरी सात सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगले जानकारी दिएकाे छ ।  

पुरा पढ्नुहॊस »

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना, कम्तीमा १४ को मृत्यु

काठमाडाैँ । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थप विवरण आउन बाकी छ ।

पुरा पढ्नुहॊस »

मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त छैन : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य मतदान गरेको तस्वीर सार्बजनिक गरेपछि सामाजिक संजालमा आलोचना भएपछि स्पष्ट पारेका छन् । डा. भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नभएको बताएका छन् । उनले लोकतन्त्रको आधार नै व्यक्तिले आफ्नो मत खुला रुपमा व्यक्त गर्न र प्रचार गर्न पाउनु हो भन्दै मतदान खुला गर्न पाइने दाबि गरेका छन् । उनले भनेका छन्- ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले …

पुरा पढ्नुहॊस »

साइतमैं बालेन शाहले भाेट हाले

काठमाडाै ।  काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भाेट हालेका  छन्। उनले काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कूल मतदान केन्द्रबाट भोट हालेका हुन्। काठमाडौं महानगरपालिका-९ का स्थायी बासिन्दा शाहले काठमाडौं महानगरमा नेतृत्वको लागि मेयरकाे  उम्मेदवार बनेका छन् । ज्योतिषशास्त्र अनुसार आफूले साइत हेरेर भाेट हालेकाे बताएका छन्।

पुरा पढ्नुहॊस »

मतदानपछि प्रधानमन्त्री देउवाले भने- चुनाव हुँदैन भन्नेहरु गलत साबित भए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भन्नेहरु गलत साबित भएको बताएका छन् । बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा मतदान गरेपछि देउवाले यस्तो बताएका हुन् । चुनाव नहुने बताइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम् चुनावमा सहभागी प्रधानमन्त्री देउवाको भनाई छ । ‘ओलीले चुनाव हुँदैन हुँदैन भन्थे तर आज उनीहरु नै चुनावमा सहभागी भएका छन्,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘चुनाव हुँदैन भन्नेहरु गलत साबित …

पुरा पढ्नुहॊस »

बैतेश्वरको मतदानमा कांग्रेस कार्यकर्ताको अवरोध, प्रहरीले चलायो गोली

काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा नेपाली कांग्रेस अवरोध गरेका छन् । पालिकाको वडा नम्बर १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले रातिदेखि नै अवरोध गरेका हुन् । उनीहरुले बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए । उनकाअनुसार मतदाता आउने बाटो अवरोध गरेका कांग्रेस कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन् । उनीहरुले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई …

पुरा पढ्नुहॊस »

३६ लाख ५९ हजार २९९ जनाले पहिलोपल्ट मतदान गर्दै, एक जनालाई कति लाग्छ समय ?

काठमाडौं । पाँच वर्षपछि आज देशभर एकै साथ स्थानीय तहको निर्वाचनअन्तर्गत मतदान भइरहेको छ । देशभर रहेका ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन शुरु भएको हो । निर्वाचन आयोगले चैत १३ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार देशभर कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् । १८३ अन्य मतदाता छन् …

पुरा पढ्नुहॊस »

मोदीको लुम्बिनी भ्रमण: बढ्ला त धार्मिक पर्यटन ?

काठमाडौँ । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आगामी सोमबार आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । आठ वर्षअघि भारतको प्रधानमन्त्री भएपछि हुनलागेको उनको यो पाँचौँ भ्रमण हो । धार्मिक एवं आध्यात्मिक प्रकृतिको भ्रमण भए पनि दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ …

पुरा पढ्नुहॊस »

मतदान स्थलमा के गर्न पाइन्छ, के-के पाइँदैन ?

काठमाडाैँ । मतदान गर्न जाँदा पालना गर्नुपर्ने नियमबारे निर्वाचन आयोगले जानकारी गराएको छ । निष्पक्ष र भयरहित निर्वाचनका लागि मतदान गर्न जाँदा आयोगले प्रयोग नगर्नू र साथमा नबोक्नु भनेका सामग्री नलैजान आग्रह गरेको छ । जसअर्गत राजनीतिक दल वा उमेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । कुनै राजनीतिक दल वा उमेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक वा अन्य चिजवस्तु लगाउन, …

पुरा पढ्नुहॊस »