बैतेश्वरको मतदानमा कांग्रेस कार्यकर्ताको अवरोध, प्रहरीले चलायो गोली

काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा नेपाली कांग्रेस अवरोध गरेका छन् । पालिकाको वडा नम्बर १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले रातिदेखि नै अवरोध गरेका हुन् ।

उनीहरुले बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए । उनकाअनुसार मतदाता आउने बाटो अवरोध गरेका कांग्रेस कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन् ।

उनीहरुले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् । वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ ।

अहिले सर्वदलीय बैठक बसेर मतदान शुरु गर्ने प्रयास भइरहेको डिएसपी पौडेलले बताए । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले वडा २ को बुथ कब्जा गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप